सोमबार सेयर बजारमा हरियाली, ७.४१ अंकले बढ्यो
काठमाडौं, फागुन १३ : लगातार गिरावट आएको सेयर बजार सोमबार भने ७.४१ अंकले बढेको छ ।
सोमबार बजार ७.४१ अंक बढेर नेप्से परिसुचक १ हजार १०९ अंकमा ....

काठमाडौं, फागुन १३ : लगातार गिरावट आएको सेयर बजार सोमबार भने ७.४१ अंकले बढेको छ ।
सोमबार बजार ७.४१ अंक बढेर नेप्से परिसुचक १ हजार १०९ अंकमा पुगेको छ । बजार घटेर १ हजार १०० अंकमा आएकोमा एक्कासी ७ अंकले वृद्धि भएको छ ।
सोमबार ७ लाख २० हजार ८ सय १५ कित्ता सेयर कारोबार भएको छ । जसमा २० करोड ३८ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।
सोमबार नविल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नविलको प्रतिकित्ता ७९४ रुपैयाँमा २ करोड ५० लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नविलको संस्थापक सेयर प्रतिकित्ता ७५० रुपैयाँमा १ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रकाशित मिति: १७:५४ बजे, सोमबार, फागुन १३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1754206481.jpg)