Kathmandu Press

सहकारी ठगीमा बहालवाला मन्त्री बस्नेत र अर्याल पनि मुछिए

जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको निक्षेपकर्ता ठगीमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल जोडिएका छन्।
सहकारी ठगीमा बहालवाला मन्त्री बस्नेत र अर्याल पनि मुछिए

काठमाडौं, चैत २१ : आफ्नो नेतृत्व र संरक्षणमा रहेको देशका विभिन्न ठाउँका सहकारीहरु समस्याग्रस्त भएपछि फरार रहेका गितेन्द्रबाबु (जीबी) राई नेतृत्वको एक सहकारी ठगीमा संघीय सरकारका बहालवाला दुईमन्त्री मुछिएका छन्।

जीबी राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको निक्षेपकर्ता ठगीमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्याल जोडिएका छन्। बस्नेत नेकपा (माओवादी केन्द्र)का उपमहासचिव र अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति हुन्।

यस प्रकरणमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत जोडिएका छन्। हाम्रो नयाँ कृषि सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ। निक्षेपकर्ताको चार करोड रकम फिर्ता नगरेपछि सहकारी विभागको सिफारिसमा गत माघ १२ गते सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। हाम्रो नयाँ कृषि सहकारी संस्थाको ठगीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत अनुसन्धान गरिरहेको छ।

Hardik ivf

उर्जामन्त्री बस्नेत हाम्रो नयाँ कृषि सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । मन्त्री बस्नेतपछि उनकी पत्नी सत्यपहाडी र त्यसपछि सूर्यबहादुर गुरुङ सहकारीका अध्यक्ष बनेका थिए । गुरुङ नाताले बस्नेतका साला पर्छन् । गुरुङपछि उक्त सहकारीको अध्यक्ष जीबी राई बनेका थिए । श्रममन्त्री अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको पूर्वउपाध्यक्ष हुन् । उनी गुरुङ अध्यक्ष बन्दा उपाध्यक्ष बनेका थिए।

429978260_1396174771262870_2553920527366309489_n-1712133778.jpg

रास्वपाका सहमहामन्त्री बुर्लाकोटी त्यसबेलाका सञ्लाक हुन् । पूर्वअध्यक्ष र पदाधिकारी भएकोले सहकारी ठगीमा उर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्याल जोडिएका हुन् । मन्त्री बस्नेत र अर्यालको संलग्नतालाई लिएर सहकारी ठगी प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ।
२०७९ असोज २२ गते भएको साधारणसभाबाट राई अध्यक्ष बनेका थिए । कार्यसमितिको उपाध्यक्ष लिलाबहादुर गुरुङ, सचिव ओमप्रकाश गुरुङ, कोषाध्यक्ष नवीन अछामी र सञ्चालकहरु रामहरु अधिकारी, असरफ अलि सिद्धिडी र दुर्गा चापागाई पाण्डे छन्।

 आफ्नो नेतृत्वमा रहेका देशभरका सहकारीलाई मर्ज गरेर एउटै बनाउने उद्देश्यले जीबी राईले हाम्रो नयाँ कृषि सहकारी संस्था लिएका थिए। उक्त सहकारी देशैभर कार्यक्षेत्र रहने गरी उर्जामन्त्री बस्नेतले दर्ता गरेका थिए। सञ्चालक समितिका एक सदस्यका अनुसार राईले लिनुअघि नै हाम्रो नयाँ कृषि सहकारी संस्था संकटमा पुगिसकेको थियो । राईले लिएपछि उक्त सहकारीले कुनै पनि कारोबार गरेका छैन।

‘हामी सञ्चालकमा आएपछि कुनै पनि कारोबार भएको छैन  हामीले लिनुअघिकै सञ्चालकहरुले हाम्रो नयाँ कृषि सहकारी संस्थालाई डुबाएका रहेछन्,’ एक पदाधिकारीले भने।

सहकारी विभागले हाम्रो नयाँ कृषि सहकारी संस्थाको हिनामिनाको अनुसन्धान गर्न भनी गत गत असोज २५ गते प्रहरीको केन्द्रीय अनुसन्धान विभागलाई लेखि पठाएको थियो। बहालवाला मन्त्रीहरु नै तानिने भएपछि लामो समय अनुसन्धान प्रक्रियालाई अगाडि नबढाएको सिआइबीले अहिले अनुसन्धान सुरु गरेको छ।

प्रहरीले केही दिनअघिमात्रै सहकारीका सचिव ओम गुरुङसँग बयान लिएको छ। बुटवलको सुप्रिम सहकारी ठगीमा इलाका प्रहरी कार्यालय, बुटवलको हिरासतमा रहेका ओम गुरुङलाई काठमाडौं झिकाएर सिआइबीले बयान लिएको हो।

स्रोतका अनुसार बयानको क्रममा गुरुङले कृषि सहकारी ठगीमा उर्जामन्त्री बस्नेत र श्रममन्त्री अर्यालको भूमिका रहेको बताएका छन् । उनले आफू सञ्चालक समितिमा आउनुअघि नै उक्त सहकारी समस्याग्रस्त भइसकेको दाबी गरेका छन्।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्