Kathmandu Press

यी हुन् विश्वकपका फेभरेट

बुधबार प्रतियोगिताको पूर्वसन्ध्यालाई ‘क्याप्टेन डे’ नामाकरण गरी यही दिन उद्घाटन समारोह भएको थियो । समारोहमा भारतीय अभिनेत्री तमन्ना भाटियाको प्रस्तुति थियो ।
यी हुन् विश्वकपका फेभरेट

काठमाडाैं, असाेज १८ : आईसीसी एकदिवसीय विश्वकप बिहीबारदेखि भारतमा सुरु भएको छ। प्रतियोगिता आगामी नोभेम्बर १९ सम्म गरी कुल ४६ दिन चल्ने छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता इङ्ग्ल्यान्ड र साविक उपविजेता न्युजिल्यान्ड भिडिरहेका छन् ।

पहिलो दिन उद्घाटन समारोह भएन। भारतले उद्घाटन समारोहका लागि प्रतियोगिता सुरु हुने दिनभन्दा अघिल्लो दिन छुट्याएको थियाे। बुधबार प्रतियोगिताको पूर्वसन्ध्यालाई ‘क्याप्टेन डे’ नामाकरण गरी यही दिन उद्घाटन समारोह भएको थियो । समारोहमा भारतीय अभिनेत्री तमन्ना भाटियाको प्रस्तुति थियो ।

यस विश्वकपमा समर्थकमाझ चार दिग्गज क्रिकेटमा नजर रहने छ । यसपटक भारतका विराट कोहली, न्युजिल्यान्डका कप्तान केन विलियम्सन, अस्ट्रेलियाका स्टिभ स्मिथ र इङ्ग्ल्यान्डका जोय रुट छन् ।

Hardik ivf

विराट कोहली (भारत)

एकदिवसीय विश्वकपमा समग्र कीर्तिमान हेर्ने हो भने भारतका पूर्व कप्तान विराट कोहली धेरै अघि देखिन्छन् । कोहली यी चार खेलाडीमध्ये विश्वकपमा एक हजार भन्दा धेरै रन बनाउने एकमात्र ब्याटर हुन् ।

virat-kohli-1710680516.jpg

कोहलीले पहिलोपटक सन् २०११ मा घरेलु मैदानमै भएको विश्वकप खेलेका थिए । भारतले उक्त संस्करणको उपाधि जितेको थियो । त्यसयता कोहलीको यो चौथो विश्वकप हो । उनले विश्वकपमा हालसम्म विश्वकपमा २६ खेल खेल्दा ४६.८१ को औसतमा एक हजार ३० रन बनाएका छन् । यसक्रममा उनले दुई शतक बनाएका छन् ।

केन विलियम्सन (न्युजिल्यान्ड)

विराट कोहलीकै लयमा छन्, न्युजिल्यान्डका कप्तान केन विलियम्सन । विलियम्सनले पनि सन् २०११ को विश्वकपदेखि हालसम्म तीन विश्वकप खेलिसकेका छन् । न्युजिल्यान्डले सन् २०१९ को फाइनल खेल्दा विलियम्सन नै टिमको कप्तान थिए । त्यसअघि न्युजिल्यान्डले सन् २०१५ को विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्दा विलियम्सन टिमका महत्त्वपूर्ण सदस्य थिए ।

NZC1691468540130-1710680515.jpg

विलियम्सनले विश्वकपमा हालसम्म २३ खेल खेलेका छन् । जसमा उनले ५६.९३ को औसतमा दुई शतकसहित ९११ रन बनाएका छन् । विलियम्सन यी चार खेलाडीमा सबैभन्दा धेरै औसत भएका खेलाडी हुन् ।

स्टिभ स्थिम (अस्ट्रेलिया)

धैर्यपूर्ण ब्याटिङलाई पहिचान बनाएका स्टिभ स्मिथले पनि हालसम्म विश्वकपका तीन संस्करण खेलिसकेका छन् । टेस्ट क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका स्मिथ एकदिवसीय क्रिकेटमा पनि प्रभावशाली ब्याटिङ गर्छन् । अस्ट्रेलियाले सन् २०१५ को विश्वकप जित्दा स्मिथ टिमका महत्त्वपूर्ण सदस्य थिए ।

skysports-steve-smith-australia_5186257-1710680516.jpg

स्मिथले हालसम्म विश्वकपमा २४ खेल खेलेका छन् । जसमा उनले ४६.३३ को औसतमा ८३४ रन बनाएका छन् । यसक्रममा स्मिथले एक शतक प्रहार गरेका छन् । यी चार खेलाडीमा स्मिथ सबैभन्दा कम औसत भएका खेलाडी हुन् ।

जोय रुट (इङ्ग्ल्यान्ड)

दिग्गज क्रिकेटरको यो सूचीको अन्तिम नम्बरमा इङ्ग्ल्यान्डका पूर्व कप्तान जोय रुट छन् । रुटले आफ्नो पहिलो विश्वकप सन् २०१५ मा खेलेका थिए । यो उनको तेस्रो विश्वकप हो । यस अवधिमा रुटले अहिलेसम्म १७ खेल खेलेका छन् । जसमा उनले तीन शतकको मद्दतमा ७५८ रन बनाएका छन् ।

root-1710680515.jpg

विश्वकपमा उनको ब्याटिङ औसत ५४.१४ को छ । इङ्ग्ल्यान्डले सन् २०१९ को विश्वकपको उपाधि जित्दा रुट टिमका महत्त्वपूर्ण खेलाडी थिए ।

प्रकाशित मिति: १०:४८ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्