Kathmandu Press

यस्तो हुनेछ यू–१९ विश्वकपकाे परिवर्तित फर्म्याट

यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ। यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा हुने भनिएको यू १९ विश्वकप दक्षिण अफ्रिका सारिएको थियो।
यस्तो हुनेछ यू–१९ विश्वकपकाे परिवर्तित फर्म्याट

काठमाडाैं, मंसिर २६ : दक्षिण अफ्रिकामा आगामी जनवरी-फेब्रुअरी महिनामा हुने आईसीसी यू १९ पुरुष विश्वकप क्रिकेट नयाँ फर्म्याटमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार यू १९ विश्वकपको नयाँ मिति सहित फर्म्याट सार्वजनिक गरेको हो।

यू १९ विश्वकप क्रिकेट एक साता पछि सरेको छ। यसअघि जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा हुने भनिएको यू १९ विश्वकप दक्षिण अफ्रिका सारिएको थियो।

श्रीलंकाको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि यू १९ विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारिएको हो । दक्षिण अफ्रिका सरेपछि प्रतियोगिताको मिति पनि सरेको छ ।

Hardik ivf

आईसीसीले सोमबार परिवर्तित खेल तालिका सार्वजनिक गर्दै यू १९ विश्वकप डिसेम्बर १९ देखि फेब्रुअरी ११ सम्म हुने जनाएको छ।

नेपालले खेल्ने छ यू १९ विश्वकप

यस पटक नेपालले पनि यू १९ विश्वकप खेल्दैछ। नेपाल ८ वर्षपछि यू १९ विश्वकपमा छनोट भएको हो। समूह डी मा रहेको नेपालले पहिलो खेल न्युजिल्याण्डसँग नै खेल्नेछ । उक्त खेल बफ्यालो पार्क इस्ट लण्डनमा जनवरी २१ मा हुनेछ।

यस्तै नेपालले दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ मा र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा हुनेछ।

नेपालले विश्वकपअघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्मअप खेल पनि खेल्नेछ।

नयाँ फर्म्याटमा हुने

यू १९ विश्वकप १६ टोलीले खेल्नेछन्। सहभागि टोलीलाई चार समूहमा विभाजन गरिएको छ। यस पटक यू १९ विश्वकप नयाँ फर्म्याटमा हुनेछ। आईसीसीले सार्वजनिक गरेको नयाँ फर्मयाटअनुसार चार समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।

सुपर सिक्स चरणमा दुई समूह हुनेछ । दुवै समूहमा ६-६ टोली हुनेछन्। समूह ‘ए’ का तीन टिम र समूह ‘डी’ का तीन टिम सुपर सिक्सको एउटा समूह अर्थात सुपर सिक्स एडी मा हुनेछ भने समूह ‘बी’ को शीर्ष तीन टिम र समूह ‘सी’ को शीर्ष तीन टिम सुपर सिक्सको अर्को समूह अर्थात सुपर सिक्स बी सीमा पर्नेछ।

सुपर सिक्स पुग्ने टिमको समूह चरणमा प्राप्त जित र नेट रनरेट पनि गणना हुनेछ। तर सुपर सिक्समा पुगेको टिमसँगको अंक र रनरेट मात्र गणना हुनेछ।

सुपर सिक्स चरणमा एक टिमले दुई खेल मात्र खेल्नेछ। उदाहरणका लागि समूह ‘ए’ मा शीर्ष भएको टिमले समूह ‘डी’ को दोस्रो र तेस्रो भएको टिमसँग सुपर सिक्समा खेल्नेछ।

सुपर सिक्स चरणपछि दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

यस्तै समूह चरणमा अन्तिम स्थानमा रहने चार समूहको टिमले भने १३ औं देखि १६औं स्थानसम्मका लागि प्लेअफ खेल्नेछन्।

समूह ‘ए’ को अन्तिम हुने टिम र समूह ‘डी’ को अन्तिम टिम तथा समूह ‘बी’ को अन्तिम हुने टिम र समूह ‘सी’ को अन्तिम हुने टिमबीच खेल हुनेछ।

प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, मंसिर २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्