Kathmandu Press

सेना दिवसको अवसरमा ५ देशका युवाबीच सांस्कृतिक आदानप्रदान साँझ

श्री राष्ट्रिय सेवा दलको आयोजना सम्पन्न कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स र वंगलादेशका युवाहरुले आ–आफ्नो देशका कला, संस्कृती झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । 
सेना दिवसको अवसरमा ५ देशका युवाबीच सांस्कृतिक आदानप्रदान साँझ

काठमाडौं, फागुन २९ : महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवको अवसरमा युवा आदानप्रदान सांस्कृतिक साँझ कार्यक्रम सम्पन्न गरेको छ । श्री राष्ट्रिय सेवा दलको आयोजना सम्पन्न कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स र वंगलादेशका युवाहरुले आ–आफ्नो देशका कला, संस्कृती झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रममा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्सका युवाहरुले आफ्नो देशको संस्कृतीका बारेमा जानकारी दिदैं नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा टिम नेपालले प्रस्तुत गरेका मारुनी, कौडा, लाखे नृत्य र नेवारी संस्कृतीको झल्कने नृत्यले सबैलाई मन्धमुक्त बनाएको थियो ।

Hardik ivf

‘मोहनी लाग्ला है’ बोलको नेपाली गीतमा पाकिस्तानी टिमले गायनसँगै गरेको नृत्यमा सहभागीहरुले तालीको बर्षा गरेका थिए । कार्यक्रममा नेपाली गायिका स्मृता दाहालले आफ्नो प्रस्तुती दिएकी थिईन् । कार्यक्रममा अतिथिका रुपमा सहभागी चारै देशका प्रतिनिधिहरुलाई नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए । 

यस्ता सांस्कृतीक कार्यक्रमहरुले छिमेकी मुलुकहरुसँग सांस्कृतीक आदानप्रदानका साथै अन्य देशका युवाहरुलाई पनि नेपालको गौरवपूर्ण इतिहास, संस्कृती र रितिरिवाजबारे जानकारी गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले जानकारी दिए । सांस्कृतीक साँझमा नेपाली सेनाका उच्च पदस्थ सैनिक अधिकारीहरु सहितको सहभागिता रहेको थियो ।

राष्ट्रिय सेवा दलले देशैभरका सिनियर र जुनियर डिभिजनका युवाहरुलाई तालिम दिदै आएको छ । हालसम्म ७४ हजार ४ सय ८० युवाहरु राष्ट्रिय सेवा दलको तालिमबाट दिक्षित भईसकेका छन् ।

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, फागुन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्