डा.बाबुराम भट्टराईको सन्देश– नयाँ प्रण गरौं, सत्ताको चास्नीमा नडुबौं
भट्टराईले ‘जनयुद्ध दिवस’को शुभकामना दिँदै नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति भएको भनाई समेत राखेका छन्। दशवर्षे युद्धमा संलग्न भट्टराई हाल माओवादीमा छैनन्।
काठमाडौं, फागुन १ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले ‘जनयुद्ध दिवस’ को अवसरमा नयाँ प्रण गर्नुपर्ने बताएका छन्।
भट्टराईले ‘जनयुद्ध दिवस’को शुभकामना दिँदै नयाँ इतिहास निर्माण गर्न पाएकोमा सधैँ गर्वको अनुभूति भएको भनाई समेत राखेका छन्। दशवर्षे युद्धमा संलग्न भट्टराई हाल माओवादीमा छैनन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै चुनावदेखि चुनाव र सत्तादेखि सत्ताको फोहोरी र भ्रष्ट राजनीतिमा लिप्त नहुने प्रण गरे मात्रै सुशासित, समुन्नत, समाजवादी नयाँ नेपाल निर्माण गर्ने अभियानले सार्थकता पाउने बताएका छन्।
भट्टराईले परिवर्तनपछि कतिपय व्यक्ति सत्तााको चास्नीमा डुबेको बताउँदै भनेका छन्, ‘परन्तु जनक्रान्ति राज्यहरू रहेसम्म कहिल्यै अन्त्य हुँदैन ! त्यो भिन्न रूपमा निरन्तर अघि बढिरहन्छ। कतिपय हिजोका क्रान्तिकारीहरू थाक्छन्, कतिपय सत्ताको चास्नीमा झिँगा डुबे झैँ डुब्छन् ! तर सत्य र न्यायको मार्गमा प्रतिबद्ध तथा मानव जातिको उन्नयन र जनताको सेवाको राजनीति गर्नेहरू निरन्तर क्रान्ति र परिवर्तनको मार्गमा लागिरहन्छन्।’












