Kathmandu Press

प्रधानमन्त्रीको कार्यशैलीप्रति आङ्देम्बेको असन्तुष्टि, ‘प्रधानमन्त्रीका रूपमा चिनजान नै छैन’

शुक्रबार बसेको परिषद् बैठकमा आङ्देम्बेले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय लामो समय रिक्त रहन नहुनेमा आफू सहमत रहेको तर नियुक्ति प्रक्रियाअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने बताए।
प्रधानमन्त्रीको कार्यशैलीप्रति आङ्देम्बेको असन्तुष्टि, ‘प्रधानमन्त्रीका रूपमा चिनजान नै छैन’

काठमाडौं, असार २० : प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार बसेको परिषद् बैठकमा आङ्देम्बेले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय लामो समय रिक्त रहन नहुनेमा आफू सहमत रहेको तर नियुक्ति प्रक्रियाअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने बताए।

Hardik ivf

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, ‘निर्वाचन आयोग रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ। तर तपाईंको कार्यशैलीप्रति मेरो सैद्धान्तिक असहमति छ। प्रमुख आयुक्त र आयुक्त सिफारिसअघि परिषद्का सदस्यहरूसँग छलफल हुनुपथ्र्यो।’

प्रधानमन्त्री बालेनले भने आफूले परिषद्का सदस्यहरूसँग व्यक्तिगत रूपमा संवाद गर्ने प्रयास गरेको बताएका थिए। त्यसको जवाफमा आङ्देम्बेले प्रमुख विपक्षी नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षसँग प्रत्यक्ष छलफल गर्नुपर्ने सुझाव दिए।

आङ्देम्बेले ‘प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षको रूपमा हाम्रो चिनजान नै भएको छैन, व्यक्तिगत रूपमा मात्रै चिन्छु,’ भन्दै परिषद्का सदस्यहरूबीच नियमित संवाद र समन्वय आवश्यक रहेको धारणा राखे।

उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच समेत संवादको अभाव देखिएको उल्लेख गर्दै संवैधानिक परिषद्मा पनि त्यही अवस्था दोहोरिन नहुने बताए।

बैठकमा आङ्देम्बेले पूर्वी नेपालका तमोर करिडोरअन्तर्गत पुल निर्माण, राँके–रवि–भेडेटार सडकखण्ड र माइखोला–इलाम सडकको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा प्रधानमन्त्री बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई सम्बन्धित आयोजनाको स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको जानकारी दिएका थिए।

प्रकाशित मिति: ०८:०५ बजे, शनिबार, असार २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्