Kathmandu Press

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

डलास स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इजिप्ट ४–२ गोलले विजयी बन्यो।
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

काठमाडौं, असार २० : फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

डलास स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इजिप्ट ४–२ गोलले विजयी बन्यो।

Hardik ivf

इजिप्टले खेलको १३औँ मिनेटमै इमाम आशुरको हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्याएको थियो।

त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा इजिप्टका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्न सफल भए।

यस जितसँगै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको छ। अब इजिप्टले अर्जेन्टिना र केप भर्डेमध्ये विजयी हुने टोलीसँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। 

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, असार २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्