प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई
आइतबार कीर्तिपुरस्टि टियू मैदानमा भएको सिरिजका अन्तिम खेलमा नेपाल विजयी भएलगत्तै प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई समाजिक सञ्जाल मार्फत बधाई दिएका हुन्।
काठमाडौं, माघ २९ : घरेलु मैदानमा क्यानडाविरुद्धको एकदिवसीय सिरिज ‘ह्वाइटवास’ गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई दिएका छन्।
आइतबार कीर्तिपुरस्टि टियू मैदानमा भएको सिरिजका अन्तिम खेलमा नेपाल विजयी भएलगत्तै प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई समाजिक सञ्जाल मार्फत बधाई दिएका हुन्।
अन्तिम खेलमा अनिल साह र भीम सार्कीले मेडल शतक प्रहार गरेपछि नेपालले क्यानडालाई ९ विकेटले हरायो। क्यानडाले दिएको २३३ रनको मध्यम लक्ष्य नेपालले ४४.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको थियो। अनिल र भीमले १८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए।
त्यसअघि पहिलो खेल नेपालले नाटकीय रुपमा ७ रनले जितेको थियो भने दोस्रो खेल ४ विकेटले जितेको थियो।
प्रकाशित मिति: १९:१९ बजे, सोमबार, माघ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार