Kathmandu Press

अनिल र भीमको मेडन शतक, क्यानडाविरुद्धको सिरिज नेपालद्वारा ह्वाइटवास

सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा अनिल र भीमले मेडन शतक मद्दतमा नेपाल ९ विकेटले विजयी भयो।
अनिल र भीमको मेडन शतक, क्यानडाविरुद्धको सिरिज नेपालद्वारा ह्वाइटवास

काठमाडाैं, माघ २९ : अनिल साह र भीम सार्कीले सादनर शतक प्रहार गरेपछि क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले सानदार जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा अनिल र भीमले मेडन शतक मद्दतमा नेपाल ९ विकेटले विजयी भयो।

यो जितसँगै सँगै नोपलले तीन खेलको एकदवसीय सिरिजमा ह्वाइटवास गरेको छ। यसअघि नोपलले पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो।

Hardik ivf

टियू मैदानमा पहिला ब्याटिङ गर्दै क्यानडाले दिएको २३३ रनको मध्यम लक्ष्य नोपलले ४४.३ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपाललाई जित दिलाउने क्रममा भीम र अनिलले शतक प्रहार गरे। 

अनिलले सर्वाधिक ११२ रन बनाए। एकदिवसीयमा पहिलो शतक प्रहार गर्ने क्रममा अनिलले १२४ बलमा १२ चौका र २ छक्का प्रहार गरे। यस्तै, भीमले १२९ बलमा ११ चौका र १ छक्का मद्दतमा १०१ बनाए। उनको पनि यो पहिलो शतक हो। 

यी दुईले दोस्रो विकेटका लागि १८९ रनको उत्कृष्ट सझेदारी गरेका थिए। यो नेपालका लागि कुनै विकेटका लागि सर्वाधिक ठूलो साझेदारी हो। कुशलले १३ रन बनाए। क्यान्डका लागि  एकमात्र विकेट डिलोन हेलिगरले लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनायो। उसका लागि नवनीत धालिवालले सर्वाधिक ५२ रन बनाउँदा निखिल दत्तले ४५, कप्तान साद बिन जाफरले ३१ र हर्ष थाकरले २९ रनको योगदान दिए।

बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनी राष्ट्रिय टिममा डेब्यू खेलमा प्रभाव जमाउन सफल भए। यस्तै, कुशल मल्लले २, ललित राजवंशी र आकाश चन्दले समान १ विकेट लिए।
 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, माघ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्