Kathmandu Press

चीनसँग खेल्ने २३ वर्षमुनिको नेपाली युवा फुटबल टोलीको घोषणा

नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जीव विष्ट, लाकेन लिम्बु, उत्सव राई छन् ।  
चीनसँग खेल्ने २३ वर्षमुनिको नेपाली युवा फुटबल टोलीको घोषणा

काठमाडौं, माघ २६ : अखिल नेपाल फुटबल सङ्घ एन्फाले मैत्रीपूर्ण फुटबलमा चीनसँग खेल्ने २३ वर्षमुनिका राष्ट्रिय युवा फुटबल टोलीको घोषणा गरेको छ । 

चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल भोली हुँदैछ । नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जीव विष्ट, लाकेन लिम्बु, उत्सव राई छन् ।  

यस्तै, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुष घलान, एरिक विष्ट, मनिष डाँगी, सन्तोष महत, निरञ्जन धामी र अञ्जल महर्जन नेपाली टिममा छन् ।

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टिम हिजै नेपाल आइसकेको छ । मैत्रीपूर्ण खेल दशरथ रङ्गशालामा दिउँसो ३ बजे शुरु हुनेछ। 

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, माघ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्