सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्ने समर्थकलाई प्रहरीले नियन्त्रणमा लियाे
बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेल चलिरहदा समर्थकहरुले सन्दीप लामिछानेको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो।
काठमाडाैं, माघ २५ : प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट केही क्रिकेट समर्थकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेल चलिरहँदा समर्थकहरुले सन्दीप लामिछानेको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो।
ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। प्रदर्शनमा सहभागी क्रिकेट समर्थकहरुले सन्दीपलाई न्याय दे भन्दै नारावाजी गरेका थिए।
प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1765629162.jpg)
