कुशलकाे अर्धशतकमा नेपालले क्यानडालाई दियाे २२५ रनको लक्ष्य
कीर्तिपुरसिथत टियु मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल अन्तिम बलमा २२४ रनमा अल आउट भयो।
काठमाडाैं, माघ २५ : क्यानडाविरुद्धको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको मध्यम लक्ष्य दिएको छ।
कीर्तिपुरसिथत टियु मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपाल अन्तिम बलमा २२४ रनमा अल आउट भयो।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय योगदान दिए पनि मध्यक्रम चल्न नसक्दा नेपालले ठुलो योगफल खडा गर्न सकेन। कुशलले ५८ बलमा ९ चौका र १ छक्का मद्दतमा ६२ रन बनाए।
यस्तै आरिफ सेखले ५० बलमा ३८, सोमपाल कामीले २३ बलमा २७ रन, कुशल मल्लले ३२ बलमा २० रन बनाए।
बलिङमा क्यानडाका उदय भगवानले आठ ओभरमा ४० रन खर्चिएर ३ विकेट लिँदा साद बिन जाफर र इसोरजोत सोहीले समान २ विकेट लिए।
प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, माघ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1765629162.jpg)
