Kathmandu Press

केपी ओली कप : उद्घाटनमा केपी ओली फुटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा

आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार काठमाडौंमा फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो।
केपी ओली कप : उद्घाटनमा केपी ओली फुटबल क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा

काठमाडाैं, माघ २३ : दोस्रो संस्करणको केपी ओली कपको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार काठमाडौंमा फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो।

प्रतियोगीतामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागिता जनाउनेछन्। त्यस्तै भारतको दिल्ली फुटबल क्लब र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र  दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिन युवा संघले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने, यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति: १६:२२ बजे, मंगलबार, माघ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्