Kathmandu Press

यू–१९ क्रिकेट टिम स्वदेश फर्कियो

नेपाली टिम विश्वकपको सुपर सिक्ससम्म पुगेको थियो। समूहको अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्स पुगेको थियो।
यू–१९ क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं, माघ २२ : यू–१९ विश्वकप खेलेर नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकाबाट स्वदेश फर्किएको छ। देव खलनाको कप्तानी र जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिम केहीबेर अघि त्रिभुवन विमानस्थलमा अवरण गरेको हो।

नेपाली टिम विश्वकपको सुपर सिक्ससम्म पुगेको थियो। समूहको अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्स पुगेको थियो। समूहको सुरुआती दुई खेलमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो।

यस्तै, सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेट र भारतसँग १३२ रनले पराजित भएको छ।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, माघ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्