यू–१९ महिला साफमा नेपाल विजयी
बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रंगशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई १–०ले हराएको छ।काठमाडौं, माघ २१ : बंगलादेशमा जारी यू–१९ महिला साफ च्याम्पियनसिपमा नेपाल विजयी भएको छ।
बंगलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल रंगशालामा आइतबार भएको खेलमा नेपालले भुटानलाई १–०ले हराएको छ।
पहिलो गोलरहित बराबरीमा सकिएको खेलमा नेपालका लागि ५४औं मिनेटमा सोनु परियारले गोल गरिन्। त्यसपछि गोल नहुँदा नेपाल विजयी भयो।
प्रतियोगितामा नेपालको पहिलो जित हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ले पराजित भएको थियो। भुटानको भने यो लगातार दोस्रो हार हो। भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान र भारत गरी ४ टिम सहभागी छन्। सिंगल राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।
नेपालले समूहको अन्तिम खेल माघ २३ गते भारतसँग खेल्ने छ।
प्रकाशित मिति: १८:४१ बजे, आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१