कतार र इरान एसियन कप फुटबलको सेमिफाइनलमा
गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।
काठमाडौं, माघ २१ : साविक विजेता तथा एसियन कप फुटबलको आयोजक कतार सेमिफाइनलमा पुगेको छ ।
गएराति भएको खेलमा गोलरक्षक मिशाल बार्शामले पेनाल्टी सुटआउटमा ३ वटा बचाउ गरेपछि उज्वेकिस्तानलाई ३–२ ले हराउँदै कतार अन्तिम चारमा पुगेको हो ।
निर्धारित समय र अतिरिक्त समय १र१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । कतारले अब फाइनल पुग्न इरानसँग खेल्नेछ ।
इरानले हिजो भएको खेलमा जापानलाई २–१ गोलले हरायो । अर्को सेमिफाइनलमा जोर्डन र दक्षिण कोरिया खेल्नेछन् ।
प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1765629162.jpg)
