सूर्य तामाङ बने सर्वोत्कृष्ट खेलाडी, आशुतोष इर्जिङ प्लेयर
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सूर्यले ९ खेलमा ३० विकेट लिएका थिए। प्रतियोगितामा उनको इकोनोमी ३.०५ छ।काठमाडाैं, माघ २० : बागमती प्रदशेका लेस्टआर्म स्पिनर सूर्य तामाङ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सूर्यले ९ खेलमा ३० विकेट लिएका थिए। प्रतियोगितामा उनको इकोनोमी ३.०५ छ।
उत्कृष्ट खेलाडी बनेसँगै सूर्यले १२५ सिसीको होन्डा साइन मोटरसाइकल प्राप्त गरे। यस्तै, उनी प्रतियोगितकै सर्वोत्कृष्ट बलर पनि बने। यसवापत उनले २५ हजार रुपैयाँ प्राप्त गरे।
यस्तै, मधेश प्रदेशका ओनपर आनिल साह उत्कृष्ट ब्याट्सम्यान बनेका छन्। उनले प्रतियोयोगितामा २ अर्धशतक र १ शतक मद्दतमा सर्वाधिक ३८६ रन बनाएका थिए।
बागमतीकै ओपनर आशुतोष घिरैया इमर्जिङ प्लेयर बने। उनले प्रतियोगिताका ९ खेलमा कुल ३८२ रन बनाएका थिए। जसमा १ शतक र २ अर्धशतक सामेल छ। अनिल र आशुतोष दुवैले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
प्रकाशित मिति: १७:१७ बजे, शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१