Kathmandu Press

पाँचाैं फाइनलपछि आर्मीले जित्याे आहा रारा गोल्डकप

पोखरा रंगशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी पाँचाैंपटक फाइनलमा पुगेर पहिलो पटक उपाधि जित्न सफल भएको हो।
पाँचाैं फाइनलपछि आर्मीले जित्याे आहा रारा गोल्डकप

काठमाडाैं, माघ २० : २३औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ।

पोखरा रंगशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले पाँचाैंपटक फाइनलमा पुगेर पहिलो पटक उपाधि जित्न सफल भएको हो।

आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८ औं मिनेट, फत्तेमान घलेले ८३औं मिनेटर वसन्त जिम्वाले दोश्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

जितसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्यो।

सहारा क्लब पोखराको अयाोजनामा सम्पन्न प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्