Kathmandu Press

पिएम कप फाइनलमा आर्मीले दियो पुलिसलाई १८२ रनको लक्ष्य

माथिल्लो क्रम पूर्ण रुपमा असफल भएपछि तल्लो क्रममका ब्याट्सम्यानले राम्रो योगदान दिएपछि टस हारेर पहिला ब्याटिङ गरेको आर्मी १ बल बाँकी छँदा १८१ रनमा आउट हुँदै सम्मानजनक योगफल बनाउन सफल भयो। 
पिएम कप फाइनलमा आर्मीले दियो पुलिसलाई १८२ रनको लक्ष्य

काठमाडाैं, माघ २० : प्रधानमन्त्री कप एदिवसीय क्रिकेटको फाइनल अहिले कीर्तिपुरस्थि टियू मैदानमा जारी छ। त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको विभागीय डर्बी फाइनलमा पहिला ब्याटिङ गर्दै आर्मीले पुलिसलाई १८२ रनको लक्ष्य दिएको छ।

माथिल्लो क्रम पूर्ण रुपमा असफल भएपछि तल्लो क्रममका ब्याट्सम्यानले राम्रो योगदान दिएपछि टस हारेर पहिला ब्याटिङ गरेको आर्मी १ बल बाँकी छँदा १८१ रनमा आउट हुँदै सम्मानजनक योगफल बनाउन सफल भयो। 

Hardik ivf

आर्मीका लागि विवेक यादवले सुझबुझपूर्ण ब्याटिङ गर्दै अर्धशतक बनाए। उनले ८१ बलमा ७ चौका र १ छक्का प्रहार गदैृ ६३ रन बनाए। ६९–७को खराब अवस्थामा विवेक आठौं र दसौं विकेटका लागि सोमपाल कामी र जितेन्द्र मुखियासँग उत्कृष्ट साझेदारी गरेका थिए। उनले सोमपालसँग ६१ र जितेन्द्रसँग ४३ रनको साझेदारी गरेका थिए।

सोमपालले ५८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २९ रन बनाए। यस्तै, ओपनर इमरान सेखले ६६ बलमा २८ र कुशल मल्लले ३२ बलमा १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। 

आर्मीलाई दबाबमा राख्ने क्रममा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान ३ विकेट लिए। ललितले १० ओभरमा २ मेडनसहित २१ रन खर्चिए भने दीपेन्द्रले ९ ओभरमा ३१ रन खर्चि। यस्तै, करण केसी, सागर ढकाल र कुशल भुर्तेलले पनि समान १ विकेट लिए।

प्रकाशित मिति: १३:३४ बजे, शनिबार, माघ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्