Kathmandu Press

गुलशन झाले नेपाललाई दिलाए भारतविरुद्ध पहिलो सफलता

उनले पाचौं ओभरको अन्तिम बलमा आदर्श सिंहलाई २१ रनमा आउट गरेका हुन्।
गुलशन झाले नेपाललाई दिलाए भारतविरुद्ध पहिलो सफलता

काठमाडौं, माघ १९ : दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालका तीव्र गतिका बलर गुलशन झाले भारतविरुद्ध पहिलो सफलता दिलाएका छन्।

उनले पाचौं ओभरको अन्तिम बलमा आदर्श सिंहलाई २१ रनमा आउट गरेका हुन्।

दक्षिण अफ्रिकाको माङ्गाउग ओभल क्रिकेट मैदानमा भारतसँग टस हारेको नेपालले पहिला फिल्डिङ गरिरहेकाे छ।

नेपाल सुपर सिक्स खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

त्यस्तै आजको खेलमा भारतले जित हासिल गरे सेमिफाइनलमा पुग्नेछ । यता नेपाल भने आफ्नो अन्तिम खेलमा भारतलाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छ। 

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, माघ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्