Kathmandu Press

पिएम कप : गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

आर्मीका लागि शाहब आलमले चार तथा जितेन्द्र मुखिया र कुशल मल्लले दुई दुई विकेट लिए।
पिएम कप : गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

काठमाडाैं, माघ १८ : त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। बिहीबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो।

आर्मीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी २३.४ ओभर खेल्दा ६४ रनमा समेटियो। गण्डकीका इश्वर क्षेत्रीले १६ र करन पंगेनीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन्। आर्मीका लागि शाहब आलमले चार तथा जितेन्द्र मुखिया र कुशल मल्लले दुई दुई विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३९.१ ओभर खेल्दा १३२ रनमा अलआउट भएको थियो। आर्मीका लागि इमरान शेखले सर्वाधिक ३४ रनको योगदान गरे। आर्मीले अब उपाधिका लागि शीर्ष स्थानमा रहेको पुलिससँग शनिबार फाइनल खेल्ने छ।

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, माघ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्