Kathmandu Press

बंगलादेशविरुद्ध दबाबमा नेपाल, पावरप्लेमै गुमायो ३ विकेट

ब्लोमफोन्टेनमा बंगालदेशविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपाल सुरुआतमै दबाबमा परेको छ। नेपालले पावर प्लेमै ३ विकेट गुमाएको छ।
बंगलादेशविरुद्ध दबाबमा नेपाल, पावरप्लेमै गुमायो ३ विकेट

काठमाडौं, माघ १७ : दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्सको पहिलो खेलमा नेपालले अहिले बंगलादेशको सामाना गरिरेको छ।

ब्लोमफोन्टेनमा बंगालदेशविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपाल सुरुआतमै दबाबमा परेको छ। नेपालले पावर प्लेमै ३ विकेट गुमाएको छ।

Hardik ivf

नेपालका अर्जुन कुमाल २६ बलमा १४ रन बनाएर आउट भए भने विपिन रावल १२ बलमा २ र आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर आउट भए। क्रिजमा कप्तान देव खनाल र पहिलो पटक टिममा परेका विशालविक्रम केसी छन्।

बंगलादेशका इक्बाल हुसेन इमोन, मरुफ मरिधा र रोहान बोर्सनले समान १ विकेट लिए।

ताज अवस्थामा नेपालले १० ओभरको समाप्तिमा ३५ रन बनाउँदा ३ विकेट गुमाएको छ।

समूहमा तेस्रो हुँदै सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्सको खेल नखेल्दै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ। सुपर सिक्सको नेपाल रहेको समूहमा भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपाल सेमिफाइनलमा नपुग्ने निश्चित भएको हो।

दुई अंक जोडेको बंगादेशको भने सेमिफाइनल पुग्ने सम्भावना छ। त्यसको लागि दुवै खेल जित्नुपर्ने छ।

प्रकाशित मिति: १४:४६ बजे, बुधबार, माघ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्