मोरक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ बाटै बाहिरियो
मंगलबार राति भएको खेलमा अर्चरफ हाकिमीले पेनाल्टी मिस गर्दा मोरक्को दक्षिण अफ्रिकासँग २–०ले पराजित भयो।काठमाडाैं, माघ १७ : कतार विश्वकपको सेमिफाइनलिस्ट मोरक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा अर्चरफ हाकिमीले पेनाल्टी मिस गर्दा मोरक्को दक्षिण अफ्रिकासँग २–०ले पराजित भयो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता दक्षिण अफ्रिकाले लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५७औं मिनेटमा इविडेन्स माक्गोपाले दक्षिण अफ्रिकालाई अग्रता दिलाए।
८५औं मिनेटमा मोरक्कोले बराबरीको अवसर गुमायो। प्राप्त पेनाल्टीमा हाकिमीको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो। इन्जुरी समयको चौथो मिनेटमा मोरक्को १० खेलाडीमा समेटियो। उसका सोफ्यान अम्राबातले रातो कार्ड पाएका थिए।
त्यसको १ मिनेटपछि नै दक्षिण अफ्रिकाले अग्रता दोब्बर बनायो। उसका टेबोहो मोकोनाले गोल गरेका थिए।
अब क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले कोप भार्डेको समाना गर्नेछ।
प्रकाशित मिति: १२:२१ बजे, बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१