यू-१९ विश्वकपः सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दै
समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।काठमाडौं, माघ १७ : आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ ।
समूह चरणमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेको थियो । सुपर सिक्सको अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर सुपर सिक्सका खेल अघि नै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ ।
सुपर सिक्समा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । हिजोको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रन र पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले हरायो ।
सुपर सिक्सको समूह ए मा भारत र पाकिस्तानको समान ६–६ अंक भएको छ । समूह ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।
प्रकाशित मिति: ०७:४० बजे, बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१