आहा रारा गोल्डकप : चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा
मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो। चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले ७२ औं मिनेटमा गरे।
पाेखरा, माघ १६ : चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो। चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले ७२ औं मिनेटमा गरे।
पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन्। चर्च ब्वाइजले बिहीबार त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ। त्यस्तै पहिलो सेमिफाइनलमा बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ।
प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)