Kathmandu Press

पिएम कपमा काेसीकाे पहिलाे जित

लगातार हार व्यहोरेको कोशीले आफ्नो अन्तिम खेलमा लुम्बिनीलाई १६ रनले पराजित गरेको हो।
पिएम कपमा काेसीकाे पहिलाे जित

काठमाडाैं, माघ १६ : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ।

लगातार हार व्यहोरेको कोशीले आफ्नो अन्तिम खेलमा लुम्बिनीलाई १६ रनले पराजित गरेको हो। टियु क्रिकेट मैदान किर्तिपुरमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्विनी ४६.५ ओभर खेल्दा १५६ रनमा समेटियो।

लुम्बिनीका लागि दिलसाद अलीले ६४ बलमा सर्वाधिक ३२ रन बनाए। कोशीकासौजन घिमिरेले सर्वाधिक ३ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा अलआउट भएको थियोे। कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ४९ रन बनाए।

लुम्विनीका नर शार्की ४ विकेट लिए। वीर मगरले तीन विकेट लिए भने अभिषेक गौतमले दुई विकेट लिए। यस्तै कृष्ण कार्कीले एक विकेट लिए।   

त्यस्तै मंगलबार मुलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई तीन विकेटले पराजित  गर्यो। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भयो।  जितसँगै एपीएफले १० अंक जोडेको छ भने सुदूरपश्चिमको ८ अंक रहेको छ। 

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्