Kathmandu Press

पहिलो अक्षरा अन्तरविद्यालय बास्केटबल कप सुरु

सहिद दिवसको अवसर पारी सुरु भएको बास्केटबल प्रतियोगिता माघ २४ गतेसम्म हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक किरण कटवालले बताए।
पहिलो अक्षरा अन्तरविद्यालय बास्केटबल कप सुरु

काठमाडौँ, माघ १६ : अन्तर विद्यालयस्तरीय ‘पहिलो अक्षरा बास्केटबल कप–२०८०’ सुरु भएको छ। काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कुलको खेल मैदानमा सो बास्केटबल प्रतियोगिता मंगलबार उद्घाटन भएको हो। 

अक्षरा स्कुलकी संस्थापक निर्देशक अन्जु भट्टराईको अध्यक्षता र डा. राजु अधिकारीको प्रमुख आतिथ्यमा औपचारिक रूपमा उद्घाटन भएको पहिलो दिनको खेलमा काठमाडौँ उपत्यकास्थित १० वटा विद्यालय सहभागी भए। जसमा सिनियर छात्रातर्फ दुई र छात्रतर्फ तीनवटा समूहबीच प्रतिस्पर्धा भएको थियो। नकाउट चरणमा भएको खेलमा छात्रतर्फ भ्याली पब्लिक, काञ्जिरोवा र शिक्षालय स्कुल क्वार्टर फाइनलमा पुगेका छन् भने छात्रातर्फ भ्याली पब्लिक र शिक्षालय स्कुल क्वार्टर फाइनलमा पुगेका छन्। 

IMG_0444-1706613372.jpeg

Hardik ivf

उद्घाटन कार्यक्रममा संस्थापक निर्देशक भट्टराईले बालबालिकाहरूले अध्ययनसँगै खेल्न वा शारीरिक व्यायाम गर्न पाउनुपर्ने धारणा राखिन्। आजको परिवर्तनशील विश्वपरिवेशमा समायोजन हुनसक्ने जनशक्ति निर्माण गर्ने लक्ष्यका साथ पढाइसँगै खेलकुदलाई अघि बढाउन पहिलो अक्षरा बास्केट बल कप आयोजना गरेको बताइन्। साथै खेलकुदले विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्ने, जीवनोपयोगी सिप सिकाउने, कलाकौशलको विकास गर्ने तथा आचरणमा सकारात्मक परिवर्तन ल्याउने भएकाले हरेक विद्यालयले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्।

IMG_0462-1706613372.jpeg

संस्थापक निर्देशक भट्टराईले विद्यालय विद्यार्थीको सर्वाङ्गीण विकासको थलो भएकाले उनीहरूको बौद्धिक विकासका साथै शारीरिक विकासका लागि पनि पहल गर्नु हरेक अभिभावक, शिक्षक तथा शिक्षालयहरूको अहम् भूमिका रहेको बताइन्। ‘विद्यालय विद्या आर्जन गर्ने मुख्य थलो हो तापनि भविष्यका होनहार जनशक्तिको आधार विद्यार्थीलाई यो एक्काइसाैं शताब्दीमा पढाइ वा किताबी ज्ञानमा मात्र सीमित राख्नु न्यायसङ्गत कुरा भने पक्कै होइन,’ उनले भनिन्, ‘खानेपिउने, खेल्ने र पढ्ने उमेरका बालबालिकाले अधिकांश समय विद्यालयमै बिताउने भएकाले पढाइका साथै अतिरिक्त क्रियाकलापमा जोडेर शारीरिक तन्दुरुस्तीका लागि खेलकुदमा सहभागी गराउनु विद्यालयको महत्त्वपूर्ण भूमिका रहन्छ।’ 

IMG_0434-1706613375.jpeg

प्रमुख अतिथि डा.राजु अधिकारीले खेलकुद मानसिक विकास र एकाग्रताका लागि सर्वोत्तम माध्यम भएको धारणा राखे। डा. अधिकारीले खेलकुद जीवनको लक्ष्यतर्फ उन्मुख हुने माध्यम रहेको बताए। ‘विद्यार्थीले खेल्दै गर्दा केवल जालीमा बल छिरेको कुरामा मात्र ध्यान दिँदैनन्, आफ्ना जीवनका लक्ष्य पनि हेरिरहेका हुन्छन्,’ उनले भने, ‘खेलकुद अनुशासन र आत्मानुशासनको सर्वोत्मम माध्यम पनि हो।’ त्यस्तै विद्यालयकी प्राचार्य मिलन केसी लोप्चनले प्रायः खेलकुद समूहमा अनुशासित भएर खेलिने हुनाले खेलकुद विद्यार्थीलाई अनुशासित र सामाजिक पात्र बनाउने गतिलो माध्यम भएको बताइन्। 

IMG_0508-1706613369.jpeg

सहिद दिवसको अवसर पारी सुरु भएको बास्केटबल प्रतियोगिता माघ २४ गतेसम्म हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक किरण कटवालले बताए। उनका अनुसार उपत्यकास्थित काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा सिनियर छात्रातर्फ १६ र छात्रतर्फ पनि १६ वटै समूह रहेका छन् भने जुनियरतर्फ छात्रछात्रा गरी १२ वटा समूह रहेका छन्। 

IMG_0519-1706613369.jpeg

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्