Kathmandu Press

डेब्यूमै चम्किए चन्दन, सुदूरपश्चिममाथि एपिएफको रोमाञ्चक जित

मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा डेब्यूम्यान चन्दन राम चम्किएपछि एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो।
डेब्यूमै चम्किए चन्दन, सुदूरपश्चिममाथि एपिएफको रोमाञ्चक जित

काठमाडाैं, माघ १६ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत मंगलबार भएको लो स्कोरिङ थ्रीलर म्याचमा विभागीय टिम एपिएफ क्लब विजयी भएको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा डेब्यूम्यान चन्दन राम चम्किएपछि एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो।

८८ रनको सामान्य लक्ष्य पछ्याएको एपिएफलाई सुदूरपश्चिमले दबाबमा राखेको थियो। उसले १४.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि सन्दीप जोराले सर्वाधिक १८ रन बनाउँदा आसिफ सेखले १५ र भुवन कार्कीले १४ रनको योगदान दिए।

Hardik ivf

समान्य लक्ष्यमा पनि एपिएफलाई दबाबमा राख्ने क्रममा सुदूरपश्चिमका दीपक चन्दले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए भने नरेन साउदले ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिम चन्दनको घातक बलिङमा १६.२ ओभरमा ८७ रनमै अलआउट भयो। उसका लागि नारायन जोशीले सर्वाधिक ३१ र खडक बोहराले २४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलिरहेका चन्दनले ७ ओभरमा ५१ रन खर्चेर ५ विकेट लिए भने भुनव कार्कीले ६.२ ओभरमा १४ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै, रोहित पौडेलले २ विकेट लिए।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, माघ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्