Kathmandu Press

यस्ता छन् सेयर बजारका १० ठूला कम्पनी, टेलिकम पहिलो 

काठमाडौं, फागुन १० : बजार पुँजीकरणका हिसावले नेपाल टेलिकम यो साता पनि सवैभन्दा ठुलो कम्पनीमै रहेको छ । निरन्तर ओरालो लागेको बजारका कारण सवै कम्पनीको ब....

 यस्ता छन् सेयर बजारका १० ठूला कम्पनी, टेलिकम पहिलो 
काठमाडौं प्रेस

काठमाडौं, फागुन १० : बजार पुँजीकरणका हिसावले नेपाल टेलिकम यो साता पनि सवैभन्दा ठुलो कम्पनीमै रहेको छ । निरन्तर ओरालो लागेको बजारका कारण सवै कम्पनीको बजार पुँजीकरण पनि घटिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार ठूला १० कम्पनीको सूचीमा नेपाल टेलिकम पहिलो नम्बरमा रहेको छ । 

यो साताको सेयर इन्डेक्स

Hardik ivf

गत साताको तुलनामा रकम घटेपनि बजार पुँजीकरण नेपाल टेलिकमको १ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो साता नेपाल टेलिकमको बजार पुँजीकरण १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ थियो । त्यस्तैगरी दोस्रोमा नविल बैंक रहेको छ । अघिल्लो साता भन्दा घटेको नविलको पुँजीकरण यो साता ६४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । गत साता बैंको पुँजीकरण ६५ अर्ब ७५ करोड रहेको थियो । 

नेपाल इन्भेष्टमेन्ट बैंक यो साता पनि तेस्रो स्थानमै रहेको छ । यो साता बैंको पुँजीकरण ६३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । अघिल्लो साता बैंकको पुँजीकरण ६४ अर्ब ३१ करोड रहेको थियो । 

चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । इन्स्योरेन्सको ४४ अर्ब ४० करोड रुपैयाँ पुँजीकरण रहेको छ । अघिल्लो साता पनि ४४ अर्ब ४० करोडनै रहेको थियो । 
पाँचौमा रहेको स्ट्याण्डर्ड चाटर्ड बैंकको पुँजीकरण ४२ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । अघिल्लो साता बैंकको पुँजीकरण ४२ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । 

यो छैटौ नम्बरमा रहेको एभरेष्ट बैंकको पुँजीकरण ४० अर्ब ७७ करोड रुपैयाँ रहेको छ । त्यस्तैगरी सातौ नम्बरमा रहेको हिमालयन बैंकको पुँजीकरण ३७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । आठौ नम्बरमा रहेको  एनआईसी एसिया बैंकको पुँजीकरण ३३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । त्यस्तै नवौ स्थानमा रहेको  नेपाल एसबीआई बैंक ३१ अर्ब ७६ करोड रुपैयाँ रहेको । भने दशौं नम्बरमा रहेको  एनएमबी बैंकको बजार पुँजीकरण २८ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । 
 

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, फागुन १०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्