यु-१९ महिला साफ च्याम्पियनसिप खेल्न बंगलादेश जाने नेपाली टिमको बिदाइ
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्। फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन्।काठमाडाैं, माघ १५ : बंगलादेशमा हुने यु-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन्। फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन्।
राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्। एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नजिता ल्याउने विश्वास गरे। प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरुले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ।
नेपालले पहिलो खेल फेब्रुअरी २ मा बंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ।
प्रकाशित मिति: १३:५० बजे, सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१