आहा रारा गोल्डकप : तेस्रो क्वार्टरफाइनलमा मनाङ मर्स्याङ्दी र जावलाखेल भिड्दै
जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
काठमाडौं, माघ १५ : पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी र जावलाखेल युथ क्लब भिड्दै छन् । दिउँसो साढे २ बजे पोखरा रंगशालामा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुनेछ ।
जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो भने मनाङमर्स्याङ्दी बाइ पाउँदै सीधै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
जावलाखेलले हालसम्म उपाधिविहीन छ भने मनाङमर्स्याङ्दी आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेतासहित अनुभवी टिममध्ये एक हो । हालसम्म मनाङ ६ पटक विजेता र ५ पटक उपविजेता बनिसकेको छ ।
प्रकाशित मिति: ०९:०४ बजे, सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)