Kathmandu Press

पोप र हार्टली चम्किँदा इंग्लयान्डले भारतलाई घरमै हरायो

हैदरावादमा भएको पहिलो टेस्टको चौथो दिन २३१ रनको लक्ष्य पछ्याएको भारत दिनको खेलको अन्तिम ओभरमा २०२ रनमा अलआउट भयो।
पोप र हार्टली चम्किँदा इंग्लयान्डले भारतलाई घरमै हरायो

काठमाडाैं, माघ १४ : ओली पोप र डेब्यू म्यान टम हार्टलीले उत्कृष्ट प्रदर्शन गरेपछि भारतविरुद्धको पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएको छ। पोपले शतक र हार्टलीले ७ विकेट लिएपछि इंग्ल्यान्ड २८ रनले विजयी भयो।

हैदरावादमा भएको पहिलो टेस्टको चौथो दिन २३१ रनको लक्ष्य पछ्याएको भारत दिनको खेलको अन्तिम ओभरमा २०२ रनमा अलआउट भयो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाए। उनले ५८ बलमा ७ चौका प्रहार गरे।

Hardik ivf

९५ रनमा ३ विकेट गुमाएको भारत ११९–७को अवस्थामा पुगेको थियो। त्यसपछि केएस भरत र रविचन्द्रन आविश्वनले अर्धशतकीय साझेदारी गर्दै भारतको आशा कायमै राखेका थिए। तर, यी दुवै २ ओभरको अन्तरमा आउट भएपछि भारत हारतर्फ उन्मूख भएको थियो। यी दुवैले समान २८ रन बनाए।

भारतको इनिङ धरासयी बनाउने क्रममा डेब्यू खेलाडी हार्टलीले २६.२ ओभरमा ५ मेडनसहित ६२ रन खर्चेर ७ विकेट लिए। यस्तै जो रुट र ज्याक लिचले समान १ विकेट लिए।

पहिलो इनिङमा २४६ रनमा अलआउट भएको इंग्ल्यान्डले दोस्रो इनिङमा ४२० रन बनाउँदै भारतलाई प्रतिर्स्पधात्मक लक्ष्य दिएको थियो । उसका लागि पोपले उत्कृष्ट ब्याटिङ गरे। जस्प्रित बुमराहको बलमा बोल्ड हुनुअघि उनले २७८ बलमा २१ चौका प्रहार गर्दै १९६ रन बनाए।

यस्तै, बेन डकेटले ४७, हाट्र्ली र बेन फोकेसले समान ३४ रन बनाउँदा ज्याक काउर्ली ३१ र रेहान अहमदले २८ रन बनाए। भारतका बुमराहले ४, रविचन्द्र आविश्वनले ३ र रविन्द्र जडेजाले २ विकेट लिए।

त्यसअघि भारतले पहिलो इनिङमा ४३६ रन बनाएको थियो । उसका लागि रविन्द्र जडेजाले सर्वाधिक ८७, केएल राहुलले ८६, यशस्वी जैसवालले ८० र अक्षर पटेलले ४४ रन बनाए। इंग्ल्यान्डका जो रुटले ४ तथा अहमद र हार्टलीले समान २ विकेट लिए।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्