Kathmandu Press

कर्णालीलाई जितेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले कर्णालीलाई १ सय ६४ रनले पराजित गरेको हो। आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभर खेल्दा ११५ रनमा समेटियो।
कर्णालीलाई जितेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

काठमाडाैं, माघ १४ : प्रधानमन्त्री कप  राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा आर्मीले कर्णालीलाई १ सय ६४ रनले पराजित गरेको हो। आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभर खेल्दा ११५ रनमा समेटियो।

Hardik ivf

आर्मीका लागि कुशल मल्ल र विवेक यादवले समान ३–३ विकेट लिए। त्यस्तै सोमपाल कामीले दुई र शाहब आलमले एक विकेट दिए। कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक १९ रन बनाए। यस्तै दिवन पुनले १३ बलमा १८ रन बनाए। बिपिन शाहीले १४ रन बनाए भने कप्तान रबिन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ रन बनाए। 

त्यसअघि  टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो। आर्मीका लागि बिनोद भण्डारीले १०० रन बनाए। त्यस्तै बसिर अहमतले ९८ रनको योगदान दिए। कर्णालीका लागि दिपेन्द्र रावतले २ विकेट लिए। जितसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्