Kathmandu Press

कांग्रेस चीनसँग सहकार्य गर्न चाहन्छ : डा. शशांक कोइराला

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेतृत्वको टोलीसँग आइतबार भएको छलफलमा उनले त्यस्ताे बताएका हुन्।
कांग्रेस चीनसँग सहकार्य गर्न चाहन्छ : डा. शशांक कोइराला

काठमाडौं, माघ १४ : कांग्रेस नेता डा. शशांक कोइरालाले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेतृत्वको टोलीसँग आइतबार भएको छलफलमा उनले त्यस्ताे बताएका हुन्। उनले चीनले विकासको क्षेत्रमा नमूना काम गरेको र चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको उनले बताए।

Hardik ivf

‘नेपाल र चीन नजिकका मित्र हुन्,' कोइरालाले भने, 'नेपालमा चीनले विकास, पुनःनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आएको छ। चीनसँग हामी विकासको सहकार्य गर्न इच्छुक रहेका छौं।’

नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोगकाे उनले स्मरण गरे। त्यस्ताे सहयोगका लागि उनले धन्यवाद पनि दिए। चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता उनले औंल्याए।

प्रकाशित मिति: १३:१६ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्