Kathmandu Press

‘समुदायमा कांग्रेस’ अभियान : भिन्न समुदायमा भेटघाट गर्न कुन केन्द्रीय नेता कहाँ जाने?

पहिलो चरणमा केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको कांग्रेसले जनाएको छ।
‘समुदायमा कांग्रेस’ अभियान : भिन्न समुदायमा भेटघाट गर्न कुन केन्द्रीय नेता कहाँ जाने?

काठमाडौं, माघ १४ : यही माघ १६ देखि २६ गतेसम्म नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ। त्यसका लागि शीर्ष नेताहरू जिल्लाजिल्लामा जाने भएका छन्।

पार्टीले प्रदेशगत रूपमा मिलाएर फरक टोली फरक जिल्ला जाने गरी शीर्ष तहका नेतालाई जिल्ला ताेकिदिएकाे छ।फरक-फरक जिल्लामा फरक-फरक समुदायका बीचमा पुग्न र संवाद गर्न प्रदेशगत रुपमा नेताहरुलाई जिम्मेवारी दिइएको छ ।

जिल्ला कार्यसमितिले तय गरेको समुदायका बीचमा भ्रमण, भेटघाट र छलफलमा नेताहरु सहभागी हुनेछन्।अभियानलाई थप प्रभावकारी बनाउनको लागि जिल्ला जिल्लामा फरक-फरक टोली पठाएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार टोलीमा केन्द्रीय नेतृत्व सँगसँगै प्रदेशले तोकेका पदाधिकारीहरू सरिक हुनेछन्।

Hardik ivf

पहिलो चरणमा केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान नराखिएको कांग्रेसले जनाएको छ।

शीर्ष नेताहरुलाई तोकिएको जिल्ला यसप्रकार छः

कोशी प्रदेश

१. डा. शेखर कोइराला- झापा र सुनसरी

२. डा. नारायण खड्का- संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा ।

३. बलबहादुर केसी- मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर ।

मधेस प्रदेश र वागमती प्रदेशका ४ जिल्ला

१. प्रकाशमान सिंह– मधेस प्रदेशको महोत्तरी, सिराहा, सप्तरी र धनुषा वागमतीको
सिन्धुली र मकवानपुर ।

२. महालक्ष्मी उपाध्याय ‘डिना’- बारा, पर्सा, रौतहट र सर्लाही । वागमतीको धादिङ र चितवन ।

बागमती प्रदेश

१.  डा. मिनेन्द्र रिजाल– काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा ।

२. पुष्पा भुसाल- ललितपुर, भक्तपुर, रामेछाप र दोलखा ।

गण्डकी प्रदेश

१. महेन्द्र यादव- तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर ।

२. प्रदीप पौडेल- कास्की, स्याङ्जा, म्याग्दी र बागलुङ ।

लुम्बिनी प्रदेश

१. विमलेन्द्र निधि- रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा ।

२. डा. डिला संग्रौला- कपिलवस्तु, पाल्पा, गुल्मी, रुकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी ।

कर्णाली प्रदेश

१. डा. शशांक कोइराला- दैलेख, सल्यान र सुर्खेत ।

सुदूरपश्चिम प्रदेश

१. भीष्मराज आङ्देम्बे- कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर।

प्रकाशित मिति: १२:४४ बजे, आइतबार, माघ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्