चितवनको माडीमा तेस्रो प्रदेश युवा सम्मेलन-२०२४ सुरु
उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा सुरु भएको सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलले उद्घाटन गरे ।
काठमाडौं, माघ १४ : चितवनको माडीमा तेस्रो प्रदेश युवा सम्मेलन २०२४ सुरु भएको छ । उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा सुरु भएको सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री माननीय शालिकराम जम्कट्टेलले उद्घाटन गरे ।
माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शुभकामना मन्तव्य दिने क्रममा “बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट रहकोले सबैसँग सहकार्य गरेर काम गरिने बताए ।
स्थानीय उत्पादन र कृषि उद्यमशीलतालाई जोड दिदै सामुहिक खेती गर्न सके अर्थोपार्जन गर्न सकिन्छ र युवाहरुले सामुदायिक भावना सहित कृषि गर्ने सोच लिई प्रदेश सरकारसँग बिशेष योजना बनाई आउन उनले बिशेष अनुरोध समेत गरे । कार्यक्रममा बिशेष अतिथि प्रदेश सभा सदस्य माननीय ठाकुर प्रसाद ढकालले यस माडी क्षेत्रमा प्रदेश युवा सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिदै यस सम्मेलनले उत्कृष्ट कार्ययोजना बनाउन सक्नेछ भन्ने अपेक्षा गरेको कुरा व्यक्त गरे ।
कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराई, तरुण दलका केन्द्रीय सदस्य निर्मलराज पौडेल र ग्लोबल युथ पार्लामेण्टका अध्यक्ष दिवाकर अर्याल लगायतले कार्ययोजना बन्छ र बन्नु ठुलो कुरा होईन त्यसको कार्यान्वयन सबैभन्दा ठुलो कुरा हो र आयोजकहरुले पनि कार्यान्वयन गराउन तर्फ ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा युवाहरुले दिगो विकासको लक्ष्य, युवा उद्यमशिलता, हामस्टे र रैथाने बिचहरुको सम्बन्ध, निर्वाचनमा युवा, सुशासन, दिगो पर्यटन एवं जलवायु परिवर्तनको विषयहरुमा गहन छलफल गर्नुका साथै जिल्लागत तथा प्रादेशिय कार्ययोजना समेत तयार हुनेछ । कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाउनेछ ।
विभिन्न सिमान्तकृत समुदाय, बिशेष क्षमता भएका समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको छ । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवर्धनमा जोड दिइनेछ ।
माघ १५ गतेसम्म चल्ने सम्मेलनले माडी घोषणा पत्र जारी गर्दै कार्यक्रमको समापन हुने नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए । कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहाकार्य रहेको छ । एनसेलको बिशेष सहयोग रहेको यस कार्यक्रममा कोकाकोला नेपालले पनि सहयोग र सहकार्य गरेको थियो ।












