Kathmandu Press

‘मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ’

राजनीतिलाई संल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने बताए।
‘मुलुक बन्छ भन्ने आशा जगाउनुपर्छ’
फाइल तस्बिर।

तनहुँ, माघ १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डा. स्वर्णिम वाग्लेले मुलुक बन्छ भन्ने आशा जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

तनहुँ उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति पदस्थापन कार्यक्रममा वाग्लेले निराशाले मुलुक समृद्ध नहुने भएकाले आशाको किरण जगाउनुपर्ने बताए। उनले भने, ‘सधैं निराशाका कुरा गरेर मात्र हुँदैन। मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ।’

Hardik ivf

राजनीतिलाई संल्याउँदै विकृति र विसङ्गति हटाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि राजनीतिक दल नै जिम्मेवार बन्नुपर्ने बताए।

रास्वपाले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको उनले बताए। डा. वाग्लेले रास्वपा अब सदन र सडक दुवैमा क्रियाशील हुने उल्लेख गरे।

‘हामी संसदमा विभिन्न विधेयक दर्ता गर्छौं तर अहिलेको प्रणालीले बहुमतका आधारमा ती विधेयक फेल हुने गरेका छन्। त्यस्ता विधेयकहरू जनताका माझ लगेर यो ठीक छ वा छैन भनेर सोध्छौं,’ डा. वाग्लेले भने।

देशभरका अलपत्र विकास योजनामा पनि पार्टीले खबरदारी गर्ने नीति लिएको उनले जानकारी दिए। उनले अर्थतन्त्रलाई सही मार्गमा ल्याउन सार्वजनिक खर्चमा देखिएको सिथिलता हटाउनुपर्ने बताए।

 

प्रकाशित मिति: १९:२१ बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्