Kathmandu Press

आफ्नो उद्देश्यप्रति माओवादी पंक्ति उदासीन देखिएको छ : प्रचण्ड

माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको र यसले सहिदहरुकै अपमान भएको भन्दै प्रचण्डले त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे।
आफ्नो उद्देश्यप्रति माओवादी पंक्ति उदासीन देखिएको छ : प्रचण्ड

काठमाडाैं, माघ १३ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो उद्देश्यप्रति माओवादी पंक्ति उदासीन देखिएको बताएका छन्।

सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले अहिले खुलेआम माओवादी आन्दोलनलाई चूनौति दिदा पनि प्रतिवाद गर्न नसकेको भन्दै आफ्नो उद्श्यप्रति माओवादी पङ्ती उदाशिन देखिएको बताएका हुन्।

Hardik ivf

माओवादीलाई १७ हजारको हत्यारा भन्ने बेइमानीपूर्ण र झुट भाष्य बनाइएको र यसले सहिदहरुकै अपमान भएको भन्दै प्रचण्डले त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे। आफू प्रधानमन्त्री भएपछि सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेकाले त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले सरकारले करिब ३ हजारलाई छिट्टै सहिद घोषणा गर्नका लागि प्रक्रिया अघि बढाएको भन्दै जनयुद्धका क्रममा ज्यान गुमाएका सवैलाई घोषणा गरिने जानकारी दिए। शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने जिकिर गरे।

त्यस्तै उहाले बिभिन्न परिवर्तनको रक्षाका लागि माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताए।

प्रकाशित मिति: १७:१० बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्