Kathmandu Press

मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो : लिङ्देन

नेपाल प्राज्ञिक परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले अहिलको व्यवस्थाका कारण मुलक अप्ठेरो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका हुन्।
मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो : लिङ्देन

काठमाडाैं, माघ १३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका छन्।

नेपाल प्राज्ञिक परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले अहिलको व्यवस्थाका कारण मुलक अप्ठेरो अवस्थामा रहेको भन्दै मुलुकलाई निकास दिनका लागि नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको बताएका हुन्।

Hardik ivf

राप्रपाको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता खारेजीको माग मुलुकलाई पछाउने बिषय नभएको भन्दै उहाले हिजो र आजका राम्रा कुरालाई लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो। उहाले माओवादीदेखि राजासम्म सवै रहने व्यवस्था आउनुपर्ने धारणा राखे।

उनले सत्ता टिकाउन विदेशीसामु लम्पसार पर्ने, दूतावासहरुलाई करौडौ खर्च दिने लगाएतका कामले गणतन्त्रको १५ वर्ष नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काममा प्रयोग भएको तर्क गरे।

लिङ्देनले आफ्ना मागहरुलाई पुरा गर्नका लागि राप्रपाले छिटै आन्दोलन गर्ने र आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट पारे। 

प्रकाशित मिति: १६:०५ बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्