Kathmandu Press

एमाले अध्यक्ष  ओली  र चिनियाँ उपमन्त्रीबीच भेट

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए।
एमाले अध्यक्ष  ओली  र चिनियाँ उपमन्त्रीबीच भेट

काठमाडौँ, माघ १३ : एमाले अध्यक्ष केपी ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन्।

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए।

Hardik ivf

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे। उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए। 

उपमन्त्री हायान माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएका हुन्। 

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्