‘बिआरआईअन्तर्गतका आयोजनाहरूबाट मुलुकको आर्थिक अभिवृद्धिमा मद्धत पुग्छ’
सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, साइनो नेपाल मिडिया सोसाइटी लगाएतको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको भन्दै मुलुकको आर्थिक अभिवृद्धिमा यसले मद्धत पुग्ने बताएका हुन्।
काठमाडाैं, माघ १३ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका आयोजनाहरुले मुलुकको आर्थिक अभिवृद्धिमा मद्धत पुग्ने बताएका छन्।
सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, साइनो नेपाल मिडिया सोसाइटी लगाएतको आयोजनामा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको भन्दै मुलुकको आर्थिक अभिवृद्धिमा यसले मद्धत पुग्ने बताएका हुन्।
उहाले अहिलको अवस्थामा बिआरआई अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण क्षेत्रका रुपमा अघि बढेको जिकिर गरे। बिआरआईले परिकल्पना गरेका बिषयहरुले नेपालजस्ता राष्ट्रका लागि आर्थिक रुपान्तरण गर्न सहज हुने उहाले बताए।
त्यस्तै उहाले बिआरआईले कनेक्टिभिटी बढाउने र आर्थिक सहयोगलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको भन्दै यसका कारण दुई राष्ट्रबीच सहकार्यका लागि नयाँ ढोका खुलेको धारणा राखे।
उपप्रधानमन्त्री श्रेष्ठले दिगो विकास र समावेशी समृद्धिको लक्ष्य प्राप्त गर्न नेपाल र चीनबीचको आपसी प्रयास आवश्यक रहेकोमा जोड दिए।