Kathmandu Press

आहा रारा गोल्डकप : आजदेखि क्वाटरफाइनलका खेल

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। 
आहा रारा गोल्डकप : आजदेखि क्वाटरफाइनलका खेल

गण्डकी, माघ १३ : पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल आज अपराह्न २ः३० बजे थ्रीस्टार क्लब र भूटानको पारो एफसीबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। 

पोखरा रङ्गशालामा भइरहेको प्रतियोगितामा भूटानको पारो एफसीसहित साविक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखेल युथक्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबले सहभागिता जनाएको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए। 

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने उनले बताए। प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता तथा पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ। प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: १२:२८ बजे, शनिबार, माघ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्