Kathmandu Press

देशभर चिसो बढ्यो, काठमाडौंमा यो वर्षकै चिसो

शनिबार जोमसोममा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखो जनाएको छ। जोमसोमको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस छ।
देशभर चिसो बढ्यो, काठमाडौंमा यो वर्षकै चिसो

काठमाडौं, माघ १४ : देशभर केही दिनयता निरन्तर चिसो बढिरहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएका कारण देशभर चिसो बढेको हो।

शनिबार जोमसोममा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखो जनाएको छ। जोमसोमको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस छ।

त्यस्तै जुम्लामा माइनस ५.२ डिग्री सेल्सियस र जिरीमा माइन १.६ डिग्री सेल्सियम न्यूनतम तापक्रम छ।

काठमाडौंमा पनि बिहानको समयमा अत्यधिक चिसो महसुस गरिएको छ। काठमाडौंको न्यूनतम तापक्रम आज ३ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। काठमाडौंमा यो वर्षकै कम तापक्रम हो।

नेपालगञ्जको न्यूनतम तापक्रम  ८.८ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ।

 

प्रकाशित मिति: ११:०९ बजे, शनिबार, माघ १३, २०८०