‘कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्छौं’
नेता पुने हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिए पनि कांग्रेसबाट आफूहरुले धोका खाएको बताए।
रोल्पा, माघ १३ : नेकपा माओवादीका उपमहासचिव वर्षमान कांग्रेससँगको गठबन्धनबारे आफूहरुले गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।
गृहजिल्ला रोल्पामा आयोजित कार्यक्रममा पुनले पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए। उने कांग्रेसले माओवादीबाट विश्वास गुमाएको बताए।
नेता पुने हरेक पटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारीतापूवर्क मत दिए पनि कांग्रेसबाट आफूहरुले धोका खाएको बताए।
‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं’, पुनले भने, ‘कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ?’
राष्ट्रिय सभा निर्वाचनअघिका चुनावहरूमा पनि यस्तै हुँदा कांग्रेसले गुटबन्दीलाई कारण देखाउँदै आएको पुनले बताए।
बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो। सिटौला विजयी भएपनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भएकी थिइन्।






