Kathmandu Press

एमाले नेत्री उषाकला राई कपाल खौरेर बाबुको किरियामा

उषाकलाका पिता रुद्र राईको बिहीबार ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै उषाकला किरियामा बसेकी हुन्।
एमाले नेत्री उषाकला राई कपाल खौरेर बाबुको किरियामा

काठमाडौं, माघ १२ : एमाले नेत्री उषाकला राई बाबुको किरियामा बसेकी छिन्।

उषाकलाका पिता रुद्र राईको बिहीबार ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। पशुपति आर्यघाटमा अन्त्यष्टि गरेसँगै उषाकला किरियामा बसेकी हुन्।

Hardik ivf

राईकी एक्ली छोरी उषाकला कपाल मुण्डन गरेर किरिया बसेकी छन्। पूर्वकानुनमन्त्री समेत रहेका एमाले नेता शेरबहादुर तामाङ उषाका श्रीमान् हुन्। उषाकला घरमै किरिया बसेकी छन्।

उषाकला पाँच वर्षअघि आमा लक्ष्मी राईको निधन हुँदा पनि कपाल मुण्डन गरेरै किरियामा बसेकी थिइन्। राईले पञ्चायतकालमा प्रधानपञ्च, बहुदल आएपछि २०४७ सालमा एमालेको पहिलो खोटाङ जिल्ला सचिवका रुपमा २०४७ सालमा काम गरेका थिए।

२०५४ सालमा खाल्ले गाविसको गाविस अध्यक्ष निर्वाचित भएका थिए । खानिडाँडा विमानस्थल बनाउन उनको परिवारले निशुल्क जग्गा दिएका थिए।

प्रकाशित मिति: १८:०७ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्