Kathmandu Press

भृकुटीमण्डपमा बृहत् अन्तर्राष्ट्रिय कृषि मेला सुरू

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा बृहत् प्रदर्शनीको आयोजना गरिएको मेला आयोजकले बताएका छन्।
भृकुटीमण्डपमा बृहत् अन्तर्राष्ट्रिय कृषि मेला सुरू

काठमाडौं, माघ १२ : भृकुटीमण्डपमा कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय मेला शुक्रबारदेखि सुरु भएको छ।  
कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा बृहत् प्रदर्शनीको आयोजना गरिएको मेला आयोजकले बताएका छन्।

मेलामा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सय भन्दा बढी स्टलहरू छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघले मेलाका लागि सहजिकरण गरेका हुन्।  

प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषिका सामग्रीहरू राखिएको छ। मेला तिन दिन सम्म चल्ने छ। मेलाको प्रवेश निःशुल्क हुने जनाइएको छ। 
 

प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्