मैयादेवी मेमोरियल महिला यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगतिता सुरु
उक्त अवसरमा मेयर दाहालले चाडै नै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने बताइन्।
चितवन, माघ १२ : चितवनको रामपुर स्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना क्रिकेट मैदानमा मैयादेवी मेमोरियल महिला यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगतिता शुरु भएको छ। उक्त प्रतियोगिताको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरिन्।
उक्त अवसरमा मेयर दाहालले चाडै नै गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने बताइन्। उनले लथालिंग अवस्थामा रहेको रंगशालाका लागि भरतपुर महानगर पालिकाले निर्माणका लागि टेण्डर प्रकृया अगाडि बढाउन लागेको बताइन्। मेयर दाहालले रगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको बताउँदै अब केही दिनमा भित्रै मन्त्री परिषद्को निर्णयबाट रगशालाका लागि बजेटको व्यवस्था गर्ने बताइन्।
उक्त अवसरमा नेपाल क्रिकेट सघका अध्यक्ष चतुर बहादुर चन्दले अण्डर १९ महिला प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीहरु एशिया कप प्रतियोगिताको लागि राष्ट्रिय टिमको छनौट गरिने बताए।
लोकतान्त्रीक खेलकुद सघका केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार शेरचनले निर्माण हुन नसकेको गौतमबुद्ध अन्तराष्ट्रिय रगशाला निर्माणमा सहयोग होस र सम्पुर्ण देशको रगशाला प्रति ध्यान आकर्षण गराउन यु १९ महिला क्रिकेट चितवनमा आयोजना गरिएको बताए।
लोकतान्त्रीक खेलकुद सघको आयोजनामा भएको प्रतियोगितामा ७ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ। उक्त प्रतियोगिताको पुरस्कार प्रायोजनक मैयादेवी ट्रष्ट नेपालले गरेको छ। प्रतियोगितामा प्रथमले १ लाख ७९ हजार ७ सय ५ र दितीय हुने टिमले ९५ हजार ७ सय ५ रुपैया र ट्रफी पाउने छन्। यसैबीच प्रतियोगीताको उद्घाटन खेलमा गण्डकी यु १९ ले सुदूरपश्चिम यु १९ लाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगिता माघ १९ गते सम्म हुने संयोजक बचन कार्कीले बताए।












