आहारारा गोल्डकप : एपीएफलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा
पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो। पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे।
काठमाडाैं, माघ १२ : नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो। पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे। पुलिसले क्वाटरफाइनलमा चर्च व्याइज युनाइटेड क्लबको सामना गर्नेछ।
प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनलमा थ्रीस्टार र भुटानको पारो फुटवल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ।
प्रकाशित मिति: १७:०७ बजे, शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)