Kathmandu Press

अफगानिस्तानविरुद्ध आकाश चम्किए, सुपर सिक्स पुग्न नेपाललाई १४६ रनको लक्ष्य

बफेलो पार्कमा अकाश चन्दले घातक बलिङ गरेपछि अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
अफगानिस्तानविरुद्ध आकाश चम्किए, सुपर सिक्स पुग्न नेपाललाई १४६ रनको लक्ष्य

काठमाडाैं, माघ १२ : दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको अन्तिम खेलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेका छन्। बफेलो पार्कमा अकाश चन्दले घातक बलिङ गरेपछि अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेकाे अफगानिस्तान ४१.१ ओभरमा १४५ रनमा अलआउट भयो। १४६ रनको मध्यम लक्ष्य पछ्याउन सके नेपालल सुपर समूहमा तेस्रो हुँदै सुपर सिक्समा पुग्नेछ।

Hardik ivf

४३ रनमा ६ विकेट गुमाएको अफगानिस्तानका लागिका तल्लोक्रमले राम्रो ब्याटिङ गरेपछि उसले चुनौतीपूर्ण लक्ष्य दियो। उसका फरिद्दुन दवादजाइ र कप्तान नासिर खानले नवौं विकेटका लागि १०३ बलमा ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। फरिद्दुनले ६५ बलमा २९ र नासिरले ८३ बलमा ३१ रन बनाए।

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घाजनफरले सर्वाधिक ३७ रन बनाए। उनले नासिरसँग सातौं विकेटका लागि ४२ रनको सझोदारी गरेका थिए। यस्तै, हसन इस्खिलले २० रन बनाए।

अफगानिस्तानलाई दबाबमा राख्ने क्रममा आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए। उनले पहिलो पावर प्लेमै ४ विकेट लिएका थिए। यस्तै, दीपेश कँडेलले ८ ओभरमा १७ रन खर्चेर २ विकेट लिँदा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १ विकेट लिए।

 

 

प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्